सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती


  •    न्युजभित्तो/४ आश्विन २०८१, शुक्रबार ११:५६ 
  • जलेश्वर (महोत्तरी), ४ असोज । जिल्ला सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ ।

    जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या निकै वृद्धि भएको प्रधानाध्यापक विपिनकुमार जोशीले बताउनुभयो ।

    प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा पहिला विद्यार्थी सङ्ख्या न्यून रहेको, नियमित नरहेको, विद्यालयमा अनुशासन नहुँदा विद्यार्थी विद्यालय चलिरहेकै समयमा कक्षा छाडेर भाग्ने तथा कतिपय विद्यार्थीले त कुलतमा फसेर विद्यालय परिसरमै अवाञ्छित क्रियाकलापसमेत गर्दै आएकामा अहिले उक्त विद्यालय यस क्षेत्रकै नमूनाका रूपमा विकास हुँदै गएको छ । विद्यालयमा अहिले एक हजार एक सय ६९ विद्यार्थी अध्ययनरत छन् भने थप विद्यार्थीलाई भर्नामा रोक लगाइएको छ ।

    कक्षाकोठा तथा अन्य भौतिक संरचना र शिक्षकको अभावका बीच अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएपछि गाउँटोलमा रहेका निजी विद्यालयमा पठनपाठन गरिरहेका बालबालिका जनता मावि आउन थालेका छन् ।

    निजी विद्यालयमा भर्ना भएका बालबालिका यस विद्यालयमा आउन थालेकाले विद्यार्थीको चाप निकै बढी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण महतोले बताउनुभयो । उहाँका अनुसार कक्षाकोठाको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि थप भर्ना बन्द गर्नुपरेको छ ।

    उक्त विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्दा निकै कठिनाइ भए पनि अहिले विद्यार्थी तथा शिक्षक सबैका लागि नयाँ दैनिक शैक्षिक कार्यतालिका लागू गरिएकाले विद्यार्थी तथा शिक्षक अनुशासित भएर आ–आफ्ना जिम्मेवारी पूरा गर्न निर्देश गरिएको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताउनुभयो ।

    विद्यालयमा १७ जना शिक्षकको मात्रै दरबन्दी भए पनि विद्यार्थीको चाप बढेपछि र अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न निजी स्रोतबाट अहिले थप नौ जना शिक्षक बहाली गरी जम्मा २६ जना शिक्षकबाट पठनपाठन सञ्चालन गरिएको महतोले बताउनुभयो ।

    अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएपछि निजी स्रोतका शिक्षकको पारिश्रमिक, कक्षाकोठा र नियमित पठनपाठनको व्यवस्थापन गर्न कठिनाइ भएको थियो । तर, विद्यालयमा कार्यरत शिक्षकले आफ्नो काम, कर्तव्यप्रतिको समर्पण, व्यवस्थापन समितिको सक्रियता र अभिभावकको सहयोगमा यो विद्यालय अहिले पूर्ण रुपमा व्यवस्थितका साथ अगाडि बढिरहेको छ । विद्यार्थीको बढ्दो चापकै कारण अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गर्नुपरेको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताउनुभयो । आफ्नो गाउँबस्तीमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदा विद्यार्थी पनि खुसी छन् ।

    विद्यालयको आयस्रोत केही नरहेकाले अङ्ग्रेजी माध्यमको पठनपाठन, भौतिक संरचना अभाव र नियमित गुणस्तरीय शिक्षाका लागि निजी स्रोतका शिक्षकलाई तलब सुविधाबापत दिनुपर्ने दायित्व बढेको बताउँदै व्यवस्थापन समितिका अध्यक्ष महतोले विद्यालयलाई आवश्यक सहयोग गरिदिन सम्बन्धित सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । राससरफाइल फोटो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.