सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल मोडल कलेजद्वारा भरतपुरका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्तिको घोषणा


  •    न्युजभित्तो/३ आश्विन २०८१, बिहीबार १४:३९ 
  • चितवन, ३ असोज । सेन्ट्रल मोडल कलेजले भरतपुरका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी यो घोषणा गरेको हो ।

    पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर विशेषज्ञ छात्रवृत्ति कार्यक्रम घोषणा गरेको बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाका २९ वटै वडाका एक–एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका एक–एक विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । अध्यक्ष पौडेलले भन्नुभयो “विपन्न, जेहेन्दार विद्यार्थीलाई वडाको हकमा वडाको निर्णयसहित सिफारिस र विद्यालयको हकमा विद्यालयको निर्णयसहितको सिफारिस आवश्यक पर्ने छ ।”

    यसरी सहभागी हुने वडा र विद्यालयका विद्यार्थीले बिआइएम अथवा बिएचएम अध्ययनमा छात्रवृत्ती प्राप्त गर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “छात्रवृत्ती अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआइएम अध्ययनका लागि लागे शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैयाँमा अध्ययन गर्न पाइने छ ।” यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने आफूहरुको अपेक्षा रहेको अध्यक्ष पौडेलको भनाई छ ।

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सेन्ट्रल मोडल कलेजले स्थापनाको पहिलो वर्षमै संविधान दिवसको अवसरमा पारेर बिशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको भन्दै उहाँले कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

    कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमको उद्देश्य सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउनु रहेको अध्यक्ष पौडेलले बताउनुभयो । कलेजले यी शैक्षिक कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्ने विश्वास हामीले लिएका छौं ।”

    सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको भन्दै उहाँले यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “विद्यार्थीहरूले पढ़ाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्वपूर्ण हुनेछ ।”

    कलेजको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र दिने मात्र नभई विद्यार्थीहरूलाई हरेक क्षेत्रको प्रतिस्पर्धामा उत्रिन योग्य बनाउनु रहेको चर्चा गर्दै अध्यक्ष बाईपी पौडेलले भन्नुभयो “विद्यार्थीहरूलाई विशुद्ध अध्ययन मात्र नभई, उनीहरूको सर्वाङ्गिण विकासमा ध्यान दिने रहेको छ । कलेजले चितवनमा मात्र नभई देशभर नै नयाँ शिक्षा प्रणालीको विकास गर्ने लक्ष्य राखेको छ ।” उहाँले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई रोजगारीको समेत ग्यारेन्टी गरेको भन्दै यसरी छात्रवृत्ति पाउनु विद्यार्थीले भने सो अवसर नपाउने जानकारी दिनुभयो ।

    सोही अवसरमा उहाँले तीन जना चेपाङ छात्रछात्रालाई पूर्ण छात्रवृत्ति यस अघि नै घोषणा गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “चेपाङका तीन जना विद्यार्थीलाई रोजेको विषय पढ्न पूर्ण छात्रवृत्ति दिने घोषणा यस अघि नै गरिसकेका छौं ।”

    वैदेशिक अध्ययनमा काम गर्दै आएको सेन्ट्रल कलेजले स्वदेशमै अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सेन्ट्रल मोडल कलेज सञ्चालन गरेको हो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.