टिबीका कारण लोपोन्मुख राउटे समुदायका २२ वर्षीय युवाको मृत्यु
न्युजभित्तो/३ आश्विन २०८१, बिहीबार १४:१८
सुर्खेत, ३ असोज । लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका(१ सिमेसालका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो ।
गाउँपालिका वडानम्बर-१ का वडाध्यक्ष धर्मबहादुर रावलका अनुसार टिबीका कारण वृषबहादुरको हिजो (बुधबार) राती ९ बजे मृत्यु भएको छ । उनका अनुसार ६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो । तर, उपचार सम्भव नहुनेभएपछि अस्पतालले वृषबहादुरलाई डिस्चार्ज गरेको थियो ।
वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।