सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जनअपेक्षाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड’


  •    न्युजभित्तो/३ आश्विन २०८१, बिहीबार १४:०४ 
  • चितवन, ३ असोज । जनअपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने सरोकार भएकाहरुले बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज यहाँ आयोजित ‘संविधानको कार्यान्वयन र चुनौती’ विषयक कार्यक्रममा सहभागी वक्ताले संविधान कार्यान्वयनमा देखिएको समस्या समाधान गर्दै सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्वमन्त्री शेषनाथ अधिकारीले जनप्रतिनिधिमार्फत बनेको वर्तमान संविधान देश र जनताको आवश्यकताअनुसार जनप्रतिनिधिबाटै संशोधन हुनुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयनमा देखिएका चुनौती सबै राजनीतिक दलबीच छलफल गरी सहमतिमार्फत विद्यमान समस्या समाधानका लागि संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

    बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद जगन्नाथ थपलिया, उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिलेको संविधानलाई आवश्यकताअनुसार संशोधन गरेर कार्यान्वयानमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अहिले बनेको सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिका लागि संविधान संशोधन मुख्य मुद्दा बनाएको भन्दै संविधान बनेको नौ वर्ष हुँदा पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसक्नु दुःखद रहेको उहाँहरुले बताउनुभएको थियो । कार्यक्रममा वक्ताहरुले संविधानमा कार्यान्वयनमा धेरै चुनौती रहेका भन्दै यसलाई आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य देवीप्रसाद ज्ञवाली, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला अध्यक्ष कमल पाठक, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति कृष्ण भूषाललगायतले संविधानमा जनताले नरुचाएका विषयलाई संशोधन गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

    जनतालाई स्थायित्वको सन्देश दिन नसक्दा जनआक्रोश उठ्नु स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनतामा आशा जगाउन सक्नु सबै राजनीतिक दलको दायित्व रहेको सहभागीको भनाइ थियो । यसका लागि सबै दल एकजुट भएर जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न जरुरी रहेको उहाँहरुले बताउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.