सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षा दिवसको अवसरमा इच्छाकामनाका विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान एवम् पुरस्कार


  •    न्युजभित्तो/३ आश्विन २०८१, बिहीबार ११:०७ 
  • चितवन, ३ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा इच्छाकामना गाउँपालिकाले विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान एवम् पुरस्कृत गरेको छ । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय, विषयगत शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गाउँपालिकाले सम्मान एवम् पुरस्कृत गरेको हो ।

    इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिक्षामा सुधार ल्याउनका लागि कुनै एकपक्ष मात्र लागेर नहुने बताए । शिक्षामा गरिएको लगानीको प्रतिफलवर्षौँपछि मात्रै प्राप्त गर्न सकिने भन्दै उनले अहिल्यै चिन्तित वा उत्साहित हुनुपर्ने अवस्था नरहेको बताए । इमानदारपूर्वक आफ्नो कर्तव्य पालना गर्ने हो भने शिक्षामा सुधार ल्याउन सकिने उनले बताए ।

    पुरस्कृत विद्यार्थी, शिक्षक, विद्यालय र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई बधाई दिँदै उनले आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउनेगरी काम गर्न आग्रह गरे ।

    गाउँपालिका उपाध्यक्ष माया सिलवालले पुरस्कार तथा सम्मानले विद्यार्थी र शिक्षकहरुमा थप हौसला प्रदान हुने विश्वास व्यक्त गरिन् । यस पटक पुरस्कृत नहुने विद्यार्थी, शिक्षक र विद्यालय आगामी वर्ष पुरस्कृत हुनेगरी काम गर्न पनि उनले सुझाव दिइन् ।

    प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले सम्मान तथा पुरस्कृत कार्यक्रमले शिक्षाको गुणस्तरमा वृद्धि गर्नका लागि सबैलाई प्रेरित गर्ने बताए ।

    कार्यक्रममा विभिन्न १५ विद्यामा विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र बहादुर रोकायले बताए । उनका अनुसार सामुदायिकतर्फ राष्ट्रिय आधारभुत विद्यालय मायाटारकी छात्रा सोनी गुरुङ र राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङका छात्र प्रितम चेपाङ र संस्थागततर्फ प्रगति पाठशालाका रिवज थापा मगर र मर्स्याङ्दी शिक्षा सदन बोर्डिङ स्कुलकी सकिरा बस्नेत पुरस्कृत भएका हुन् ।

    एसइईमा उत्कृष्ट जिपीए ल्याउने सामुदायिक विद्यालयको छात्रातर्फ सर्वशान्ति मावि कुरिनटारकी कृष्मा कोइराला र छात्रतर्फ पनि सर्वशान्तिकै चित्रबहादुर गुरुङलाई पुरस्कृत गरिएको छ । संस्थागतको छात्रतर्फ प्रगति पाठशालाका रौनक श्रेष्ठ र छात्रातर्फ पनि प्रगति पाठशालाकी प्रगति वाईवा पुरस्कृत भइन् ।

    राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयको छात्रातर्फ सर्वशान्ति मावि कुरिनटारकी सर्मिला मगर र छात्रतर्फ पनि सर्वशान्तिकै चन्द्र बहादुर राई पुरस्कृत भए ।

    त्यस्तै, राष्ट्रिय आधारभूत विद्यालय हात्तिवाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्म बहादुर प्रजा र आधारभूत तह ९कक्षा ८०तर्फ देउराली राष्ट्रिय आधारभूत विद्यालय सुन्दरबस्तीका चन्द्रकुमार चेपाङलाई सम्मान गरिएको थियो ।

    गाउँपालिकाले कक्षा १ सम्म, कक्षा १ देखि ३ सम्म, कक्षा ४ र ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरु र विषयगत शिक्षकहरुलाई सम्मान गरेको थियो । साथै चित्रकला, हस्तकला र निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यार्थीहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रममा इच्छाकामना–५ का वडाध्यक्ष तेज बहादुर शेरचन, नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष शिवप्रसाद तिमिल्सिना, निजि विद्यालयहरुको छाता संगठन प्याब्सन इच्छाकामनाका अध्यक्ष टंक त्रिपाठी, नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष यान बहादुर गुरुङ, राष्ट्रिय शिक्षक संगठनकी अध्यक्ष ज्ञानुदेवी पाण्डे, एकिकृत अखिल शिक्षक संगठनका अध्यक्ष इश्वर नेपाल, शिक्षक विज्ञ सल्लाहकार प्रकाश अधिकारी, एकराज पोखरेल, हात्तिवाङ माविका प्रअ लोक बहादुर मगर र मायाटार राष्ट्रिय अधारभुत विद्यालय मायाटारका अध्यक्ष शेर बहादुर प्रजा लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.