सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको शहरी क्षेत्रमै देखिन थाले बाघ, स्थानीय त्रसित


  •    न्युजभित्तो/२ आश्विन २०८१, बुधबार १४:५६ 
  • चितवन, २ असोज । पछिल्लो समय भरतपुर महानगरको शहरी क्षेत्रमा जंगली जनावर बाघ देखिन थालेका छन् । शहरी क्षेत्रमै बाघले मान्छेलाई आक्रमण गरी घाइते बनाउनेदेखि घरपालुवा जनावरलाई आक्रमण गरी मारेका घटनाहरु बाहिर आएका छन् ।

    भरतपुर–७ मा भदौ ३१ गते दिउँसै बाघ जस्तो देखिने जनावर भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । भरतपुर–७ को विशाल टोल, मर्स्याङ्दी टोल, सुन्टल टोल आसपासमा पटक–पटक बाघ देखिएको भन्दै उक्त बाघलाई नियन्त्रणमा लिन वडा कार्यालयले डिभिजन वन कार्यालयलाई पत्राचार गरेको छ ।

    स्थानीय बासिन्दाहरु घरबाहिर हिँडडुल गर्न समेत त्रसित भएको भन्दै उक्त बाघलाई तत्कालन नियन्त्रणमा लिन वडा कार्यालयले हिजो ९मंगलवार० पत्राचार गरेको हो ।

    डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार भरतपुर–७ मा देखिएको जनावर चितुवा भएको आशंका गरिएको छ । चितुवाको खोजी गर्न मंगलवार गएको वनको टोलीले फेला पार्न नसकेको उनले बताए । ‘मंगलवार हाम्रो टोली गएको थियो । देखिएन भनेर उहाँहरु फर्किनुभयो । स्थानीयले खिचेको भिडियो हेर्दा चितुवा हो कि जस्तो देखिन्छ’, उनले भने ।

    भरतपुर–१ को नारायणगढ, ठिमुरा र आँपटारी क्षेत्रमा पनि बाघले आतंक मच्चाएको छ । विद्यालय जाने ठिमुराका बालबालिकाहरुलाई स्कटिङ गरेर लैजानुपर्ने अवस्था छ । बाघले यहाँ भदौ १३ गते एउटै घरका छ वटा बाख्रा मारेको थियो । ठिमुराबाट जंगल छिचोलेर रामनगर माध्यमिक विद्यालय जाने विद्यार्थीलाई बाघले आक्रमण गर्न सक्ने जोखिम छ ।

    यसअघि साउन २० गते नारायणगढस्थित नारायणी नदी किनारमा मर्निङवाक गर्न गएका एक व्यक्तिलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । उक्त बाघलाई नियन्त्रणमा लिई निकुञ्जमा छाडिएको हो । भरतपुर–११ मा पनि बाघको आतंक रहेको स्थानीयहरुले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.