सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ढाकाबाट हङकङ आउँदै गरेको क्याथेको जहाजमा एक यात्रुको मृत्यु


  •    न्युजभित्तो/२ आश्विन २०८१, बुधबार ११:५२ 
  • ढाका, २ असोज । ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ।

    बुधबार बिहान बंगलादेशको राजधानी ढाकाबाट हङकङ आउँदै गर्दा उडान सीएक्स ६६२ मा ४७ वर्षीय बंगलादेशी यात्रु बेहोस भएर ढलेको रिपोर्ट प्राप्त भएको हङकङ प्रहरीले जनाएको छ।

    उनलाई अधिकारीहरूले घटनास्थलमै मृत घोषित गरेका थिए। मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

    विमानस्थल प्राधिकरणका अनुसार स्थानीय समय बिहान २ बजे ढाकाबाट उडेको उक्त जहाज बुधबार बिहान ७:४९ मा हङकङ अवतरण गरेको थियो।

    डेढ हप्ताअघि पनि हङकङबाट भारतको मुम्बईका लागि तय भएको क्याथेकै उडानमा बेहोस भएका जर्मन यात्रुको मृत्यु भएको थियो।

    क्याथेको हङकङ-मुम्बई उडानका एक यात्रुको मृत्यु

    ७१ वर्षीय ती जर्मन नागरिक जहाजले उडान भर्नुअघि बेहोस भएका थिए। एयर क्रुको प्राथमिक उपचारपछि अस्पताल लगिएका उनलाई मृत घोषित गरिएको थियो। (एससीएमपी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.