सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनहरिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर


  •    न्युजभित्तो/१ आश्विन २०८१, मंगलवार १५:२० 
  • हेटौँडा, १ असोज । यहाँको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीेले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकमबाट एकल महिलालाई पक्की घर बनाइदिनुभएको छ । मनहरी– ५ वसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहनुभएकी सोनी राईलाई पक्की घर बनाएर आज हस्तान्तरण गर्नुभएको हो ।

    अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकम कोष स्थापन गरी जम्मा गर्दै आउनुभएको छ । सोही कोषबाट रु दुई लाख १५ हजार खर्चेर राईलाई घर बनाइदिनुभएको उहाँले जानकारी दिनुभयो । आठ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उहाँ वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आउनुभएको थियो ।

    “ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । अध्यक्षज्युको सहयोगले घर बन्यो, उहाँलाई धन्यवाद”, सोनीले भन्नुभयो ।

    स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएका थिए । अध्यक्ष कालाखेतिले निर्वाचनका बेला जनताका बीचमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधाबापतको खर्च जनताको सेवामा समर्पित गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.