सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘खेतबारी नराखौँ बाँझो,अन्नबाली फलाउँ मिलाइ चाँजोपाँजो’


  •    न्युजभित्तो/१ आश्विन २०८१, मंगलवार १५:१७ 
  • अत्तरिया (कैलाली), १ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ‘खेतबारी नराखौँ बाँझो, अन्नबाली फलाउँ मिलाई चाँजोपाँजो’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा उक्त कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

    प्रदेशका पहाडी भेगमा जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्न तथा बाँझो जग्गाको उपयोग गरी फलफूल, तरकारी, मसलाखेती, घाँस खेती गर्न लगाउन सो अभियान सञ्चालन गरिने मन्त्री थापाले जानकारी दिनुभयो ।

    उहाँले प्रदेशमा व्यावसायिक तरकारी खेती र आधुनिक प्रविधियुक्त स्याउ, ओखर, केरा, किवी, फलफूलका बगैँचा स्थापना गरिने बताउनुभयो । मन्त्री थापाले बागबानी क्षेत्रका लागि रु २३ करोड ६९ लाख विनियोजन गरिएको बताउनुभयो ।

    ‘दुग्धजन्यपदार्थ तथा रैथाने बालीमा आधारित मुख्यमन्त्री वृद्धवृद्धा लक्षित पोषण कार्यक्रम’का लागि रु पाँच करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । उक्त कार्यक्रम आवश्यक कार्यविधि तर्जूमा गरी कार्यन्वय गरिने उहाँको भनाइ छ । मन्त्री थापाले यसको कार्यान्वयनबाट सुदूरपश्चिमको संस्कार तथा बुवाआमाको हेरचाह भावनाले सार्थकता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रमबाट सुदूरपश्चिमको परम्परागत बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण भई पोषणयुक्त खाद्यान्नको प्रयोगमा बढोत्तरी हुने अपेक्षा गरिएको मन्त्री थापाले बताउनुभयो ।

    सुदूरपश्चिम प्रदेश सरकारले चालु आवका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । अघिल्लो सरकारले गत असार १ गते ल्याएको बजेट पारित हुन नसकेपछि सोमबार सरकारले दोस्रो बजेट प्रस्तुत गरेको हो ।

    सरकारले बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ । अघिल्लो सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्र पालले गत असार १ गते रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ बराबरकै बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.