गोरखा, ३१ भदौ । गोरखाको मनकामना केबुलकार भोलि (असोज १ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ। असार ३१ गतेदेखि बन्द रहेको केबुलकार मर्मत संभार र स्तरोन्नतीपछि भोलिदेखि पुनः सञ्चालनमा आउने भएको हो ।
डिजिटल प्रणाली स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्ने काम सकिएकाले केबुलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको थियो।