सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना


  •    न्युजभित्तो/१९ भाद्र २०८१, बुधबार १२:५० 
  • त्रिवेणी (नवलपरासी), १९ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।

    कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताउनुभयो । कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ ।

    थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै आवश्यकताका आधारमा जिल्लाका अन्य बजार, पकेट क्षेत्रमा उत्पादन हुने तरकारी, सीमा क्षेत्रबाट आउने तरकारी तथा फलफूलको समेत विषादी परीक्षण गरिने वरिष्ठ बाली विकास अधिकृत भण्डारीले बताउनुभयो ।
    कृषि थोक बजारबाट नियमित रुपमा नमूना सङ्कलन गरी मुख्य गरी कार्बामेट र अर्गानोफस्पेट दुई समूहमा पर्ने विभिन्न विषादीको परीक्षण गरिने केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले बताउनुभयो ।

    यी विषादी धेरै घातक हुने भएकाले यसको परीक्षण गरिने उहाँले बताउनुभयो । नमूना सङ्कलनका लागि आएका तरकारी तथा फलफूलको नमूना लिएपछि बिक्रीमा रोक लगाउने र रिपोर्ट आएपछि मात्र अवस्था हेरी बिक्री गर्न दिइने बाली संरक्षण अधिकृत सुनारले बताउनुभयो ।
    कैफियत देखिए उक्त तरकारी कसैले उपभोग नगरून् भनेर नमूना सङ्कलनपछि बिक्रीमा रोक लगाइने उहाँले बताउनुभयो । प्रत्येक दिन नमूना सङ्कलन गरेको पहिलो पटक आधा घण्टा र त्यसपछि उपकरण नियमित रुपमा चल्ने हुँदा तीन÷चार मिनेटमा रिपोर्ट निकाल्न सकिने उहाँले बताउनुभयो ।
    तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ । विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय राखेर खानयोग्य र खान अयोग्य भनेर छुट्याइनेछ । परीक्षणका क्रममा तरकारी तथा फलफूलमा खान नहुने गरी विषादी रहेको पाइए त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरिने छ ।

    कावासोतीस्थित कृषि थोक बजारमा हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार बजार लाग्ने गर्दछ । यसैगरी यहाँ रहेका थोक बिक्रेताले बाहिरबाट तरकारी तथा फलफूल आयात गरी स्थानीय बजारमा नियमित रुपमा बिक्री गर्ने गर्दछ । जिल्लाका उत्पादन भएका तरकारीसमेत यहाँबाट बाह्य जिल्ला निर्यात हुनेसमेत गर्दछ ।

    कावासोतीमा स्थापना भएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यसअघि परीक्षणका रुपमा नमूना सङ्कलन गरि विषादी जाँच गर्दै आएकामा आजदेखि नियमित रुपमा परीक्षण सुरु गरिँदैछ । विभागको टोलीले आजबाट नियमित रुपमा प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.