सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्धोपन न्यूनीकरण अभियानः आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी


  •    न्युजभित्तो/१९ भाद्र २०८१, बुधबार ११:२४ 
  • काठमाडौँ, १९ भदौ । अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ । सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र काठमाडौँ–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मङ्गलबार हस्ताक्षर गर्नुभयो ।

    कार्यकारी निर्देशक गोसाईँका अनुसार सम्झौतामा काठमाडौँ–१२ मा मोतियाबिन्दु छनोट शिविर, सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाका लागि आँखा उपचार सम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । शिविरमा मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीको आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया गरिने छ भने दृष्टि न्यून भएका विद्यार्थीका लागि निः शुल्क चस्मा वितरण गरिने छ ।

    अस्पतालले यसप्रकारको सहकार्य काठमाडौँ–११, ललिपुर महानगरपालिका वडा नं १८ र चन्द्रागिरि नगरपालिका वडा नं ७ सँग गरिसकेको छ । अस्पतालका कार्यकारी निर्देशक गोसाईँका अनुसार आँखा उपचार सम्बन्धी सबै उपचार सेवा प्रदान गरिराखेको सो अस्पतालले विगत वर्ष एकलाख ७५ हजारलाई वहिरङ्ग सेवा , १२ हजार शल्यक्रिया सेवा, घुम्ति आँखा उपचार सेवा प्रदान गरेको थियो ।

    अस्पतालले बाराको सिमरा , गोरखाको भच्चेक र काठमाडौ उपत्यकाका तीनस्थानमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.