सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर सबस्टेशनमा कार्यरत एक कर्मचारीको टाउकोमा अर्का कर्मचारीद्वारा रड प्रहार


  •    न्युजभित्तो/१३ भाद्र २०८१, बिहीबार ११:४० 
  • चितवन, १३ भदौ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको भरतपुर सबस्टेशनमा कार्यरत एक कर्मचारीमाथि ज्यान मार्ने उद्धेश्यले आक्रमण गरिएको छ । सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन फोरमेन पोषण खड्कामाथि मंगलवार बिहान सोहि सबस्टेशनमा कार्यरत इलेक्ट्रिसियन सुपरभाइजर मनिष पुरीले ज्यान लिनेगरी रड, स्टिलको गिलास, पानी तताउने कित्ली र मुक्काले आक्रमण गरेको घटना बाहिरिएको हो ।

    रातिको ड्युटी सकि हातमुख धोएर ब्रस गर्ने क्रममा धारामा निहुरिरहेको अवस्थामा खड्काको टाउकोमा पुरीले रड प्रहार गरेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले बताएको छ । रड प्रहारबाट गम्भिर घाइते खड्काको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

    नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले घटनाको गम्भिर भत्सर्ना गर्दै आक्रमणकारी पुरीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । युनियनका महासचिव शंकर बहादुर क्षेत्रीले एक विज्ञप्ति जारी गरी कर्मचारीहरुको जिउ ज्यानको सुरक्षा गर्न स्थानीय प्रशासन र विद्युत प्राधिकरण व्यवस्थापनसँग माग गरेका छन् ।

    घटनालाई चितवन प्रहरीले गुपचुप राखेको छ ।

    पुरीले खड्कालाई यसअघि पनि दुर्व्यवहार गर्ने र कुटपिट गर्ने गरेको पाइएको छ । करिब एक वर्ष अगाडि जिल्ला प्रहरी कार्यालयमै जाहेरी परेको थियो । तर, अब आइन्दा कुटपिट नगर्ने बताएपछि पुरीविरुद्धको जोहरी खड्काले फिर्ता लिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.