सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सिएमसी कर्पोरेट कप’ क्रिकेटमा १६ कर्पाेरेट हाउस खेल्दै


  •    न्युजभित्तो/१२ भाद्र २०८१, बुधबार १७:३३ 
  • चितवन, १२ भदौ । चितवन मेडिकल कलेजले प्रायोजन गरेको ‘सिएमसी कर्पाेरेट कप’ क्रिकेट प्रतियोगितामा चितवन र नवलपुरका १६ वटा कर्पाेरेट हाउसहरु सहभागी हुने भएका छन् । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

    संघले आज चितवन मेडिकल कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेमा रहेको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा चितवन र नवलपुरका स्थापित बिभिन्न संघ संस्थाहरुको सहभागीता रहने छ । १६ वटा संस्थाहरुको सहभागीता रहने सो प्रतियोगिता आठ ओभरको हुने संघका अध्यक्ष सुदिप पियाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता बिहान र साँझको समयमा मात्रै हुने छ ।

    चार समूहमा विभाज गरिएको समूह एमा चितवन मेडिकल कलेज (सिएमसी), देव हस्पिटल, माछापुच्छ«े बैंक, अंकुरम एकेडेमी रहेका छन् । समूह बीमा ईप्लानेट, कलेज अफ मेडिकल साईन्सेस (सिएमओएस), स्मल हेभन मोडल स्कूल, एक्स्पोर्ट एजुकेशन रहेका छन् । यसैगरी समूह सीमा प्रभु बैंक, सुजुकी, नवजागरण डिसि, सेन्ट्रल कलेज छन् भने समूह डिमा सिद्धार्थ बैंक, हेयर एण्ड शान्ति, चितवन मोटर्स नेपाल र सेन्ट्रल मोडल कलेज रहेका छन् ।

    लिग बिधामा रहेर खोलाईने प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार सहित ट्रफि, मेडल र द्वितिय हुनेलाई नगद रु २५ हजार सहित ट्रफि मेडलले पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा बोल्दै चितवन मेडिकल कलेज (सिएमसी)का प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायीत्व अन्तर्गत रहेर प्रतियोगिता गर्न लागिएको बताउनुभयो । खेल क्षेत्रले मानव स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने भन्दै उहाँले खेल क्षेत्रको विकासमा आफुहरु सधै तत्पर रहने बताउनुभयो ।

    यस्ता प्रतियोगिताहरुले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन समेत सहयोग पुग्ने देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “चितवन मेडिकल टुरिजमको हव बन्दै छ, खेल पर्यटनको पनि हब बनाउनु पर्छ ।”

    पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवं सेन्ट्रल कलेजका प्रिन्सिपल वाईवी पौडेलले आफूहरु सधैं खेल क्षेत्रको विकासमा लागिरहेको बताउनुभयो । यस्ता कर्पाेरेट खेलहरुले नयाँ खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने उहाँको भनाई थियो ।

    सो अवसरमा संघका सचिव सुरज ज्ञवालीले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । प्रतियोगितामा सबै कर्पोरेट संघ संस्थाका कर्मचारीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.