सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौँडाको होटलमा युवती मृत भेटिइन्, सँगै गएका पुरुष फरार


  •    न्युजभित्तो/११ भाद्र २०८१, मंगलवार १३:४८ 
  • हेटौंडा, ११ भदौ । मकवानपुरको हेटौँडा १०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा युवती मृत भेटिएकी छन्। मृत भेटिनेमा हेटौँडा–११ निवासी २३ वर्षीया एलिसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आइतबार साँझ ५ बजे होटलमा युवक र युवती दुई जना पुगेका थिए।

    सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए। जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लक्ष्मी भण्डारीले जानकारी दिए।

    उनका अनुसार सँगै आएका युवक कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको सीसीटीभी फुटेजमा देखिएको छ। उक्त युवकले न्योपानेको हत्या गरेर भागेको हुनसक्ने प्रहरीले जनाएको छ। डीएसपी भण्डारीका अनुसार आइतबार साँझै हत्या गरेर युवक निक्सिएको देखिन्छ।

    साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र आइतबार साँझ ७ बजेर ५९ मिनेटको समयमा युवक होटलबाट निस्किएको दृश्य सीसी टीभी क्यामेरामा कैद भएको बताइएको छ। सोमबार बिहान ढोका खोलेर हेर्दा मृतक युवतीको आँखामा चोट लागेको, कोठा रगताम्य भएको अवस्था थियो।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.