सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाइँदै


  •    न्युजभित्तो/७ भाद्र २०८१, शुक्रबार १२:४९ 
  • कञ्चनपुर, ७ भदौ । कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रविधिमैत्री बनाउने काम अगाडि बढाएको छ । नगरपालिकाभित्रका ३३ वटै सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन जडानको काम अगाडि बढाएको हो ।

    शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगगरी पढाई गर्ने व्यवस्था मिलाउन लागिएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । “विशेषगरी बालविकासका कक्षामा पढ्ने बालबालिकालाई लक्षितगरी प्रत्येक सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन, स्मार्ट बोर्ड र इलेक्ट्रोनिक्स डिभाइसका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “नगरभित्रका सामुदायिक विद्यालयलाई नमुना बनाएर शिक्षाको खस्किँदै गएको गुणस्तरलाई उचाइमा पु¥याउने काम भइरहेको छ ।”

    विद्यालयको आवश्यकताका आधारमा ब्ल्याक एण्ड ह्वाइट प्रिन्टर, कलर प्रिन्टर, प्रोजेक्टर, कम्युटरलगायत सामग्रीको व्यवस्था गर्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयलाई उपलब्ध गराइएका इलेक्ट्रोनिक्स डिभाइसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे नगरपालिकाको सूचना प्रविधि शाखामार्फत विद्यालयका स्रोत शिक्षकलाई तालिम दिने काम गरिएको छ । विद्यालयको गतिविधि नियाल्नका लागि नगरपालिकाले आन्तरिक संयन्त्र तयार गरेको छ ।

    नगरभित्र रहेका विभिन्न जातजातिको कलासंस्कृति साहित्य र वेषभूषा संरक्षणका लागि विद्यालय तहबाटै जानकारी दिने कामका लागि विद्यार्थीलाई प्रोत्साहित गर्ने काम नगरपालिकाले गर्दै आएको छ । गुणस्तरीय शिक्षाका लागि नगरभित्र रहेका विद्यायको काम सम्पादन एवं गुस्तर मापन गर्ने संयन्त्र बनाई उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको नगर प्रमुख ओझाको भनाइे छ । यसअघि नगरपालिकाले विद्यालयमा तहगत रुपमा शिक्षकको दरबन्दी मिलानको कामसँगै प्रधानाध्यपक व्यवस्थापनको काम गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.