सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भैंसीको आक्रमणमा परी बाघको मृत्यु


  •    न्युजभित्तो/६ भाद्र २०८१, बिहीबार ११:५७ 
  • चितवन, ६ भदौ । मकवानपुरमा भैंसीको आक्रमणमा परी बाघको मृत्यु भएको छ । मनहरि गाउँपालिका–६ प्रतापुर बस्ने बल बहादुर राईको भैंसी गोठमा छिरेको बाघ मृत फेला परेको हो ।

    इलाका प्रहरी कार्यालय मनहरिका अनुसार जस्ताको छानो भएको गोठमा भैंंसीलाई खान बाघ भित्र छिरेको थियो । बाघले आक्रमण गर्दा गोठमा बाँधिराखेको भैंसी घाइते भएको छ । आक्रमण गर्न आउने बाघलाई भैंसीले हान्दा बाघको मृत्यु भएको प्रहरीको भनाइ छ।

    घरधनी र स्थानीयले मृत बाघ फेला परेको जानकारी इलाका प्रहरी कार्यालय मनहरीलाई दिएका थिए । त्यसपछि प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षणको सुरक्षामा खटिएको नेपाली सेनाको टोली गएर घटनाको निरीक्षण गरेको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोली आएर आज बिहानै मृत बाघ लिएर गएको प्रहरीले जानकारी दिएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा बाघको पोस्टमार्टम गरिँदैछ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.