सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको उत्साहजनक सहभागिता


  •    न्युजभित्तो/५ भाद्र २०८१, बुधबार १७:४७ 
  • चितवन, ५ भदौ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गरेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आज (बुधबार) बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेला दिउँसो ३ बजेसम्म चलेको हो ।

    विद्यार्थी तथा अभिभावकहरु समयमै कार्यक्रममा सहभागिता जनाएका थिए । उनीहरुले शैक्षिक मेलामा आफूले बुझ्न चाहेको विषय र आफ्नो अपेक्षा पूरा भएको प्रतिक्रिया दिएका छन् । मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले विद्यार्थीलाई जानकारी दिएका थिए ।

    एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सहभागी सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवाद दिनुभयो । उहाँले ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी बनेको बताउनुभयो । उहाँले भन्नुभयो “मेलामा सहभागि विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया आएको छ, सही परामर्शका लागि एक्सपर्ट सदैव यसरी नै सहयोगी बन्नेछ ।”

    शैक्षिक मेलामा सहभागि विद्यार्थीहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको थियो । उनीहरुले पेन, छातादेखि स्केटिङ, कपाल काट्ने तालिममा छुटलगायतको कुपन प्राप्त गरेका छन् ।

    एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.