सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेजले चितवन र नवलपुरका प्लस टु का बिद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने


  •    न्युजभित्तो/३ भाद्र २०८१, सोमबार १४:१७ 
  • भरतपुर, ३ भदौ । शैक्षिक क्षेत्रमा अब्बल बन्दै गइरहेको सेन्ट्रल कलेजले चितवन र नवलपुरका प्लस टु अध्ययन गरेका बिद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कलेजले भोली (मंगलबार) र पर्सी (बुधबार) सम्मान कार्यक्रमको आयोजना गरेको हो । भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा आयोजना गरिएको सम्मान कार्यक्रम भोलि भरतपुर र पर्सी पूर्वी चितवन र नवलपुरका बिद्यार्थीलाई आमन्त्रण गरिएको छ । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बधाई तथा सम्मान कार्यक्रममा सहभागि हुन सबै विद्यार्थीलाई आब्हान गर्नुभयो । उहाँले कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिने जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रिन्सिपल पौडेलले करियर काउन्सलिङ गर्नुहुनेछ भने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ । कार्यक्रममा सहभागि हुन आउने विद्यार्थीका लागि गाडिको समेत व्यवस्था गरिएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

    कार्यक्रममा सहभागि विद्यार्थी सेन्ट्रल मोडेल कलेजमा बिएचएम र बिआइएम अध्ययन गर्न चाहे बिशेष छुट प्रदान गरिने उहाँले बताउनुभयो । एडमिसनमा सत प्रतिशत स्कलरसिप र राम्रो अंकका साथ प्लस टु पास भएका विद्यार्थीलाई भारी छुट प्रदान गरिने प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । बिद्यार्थीका लागि निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको कलेजले होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजमा भाषा कक्षा लिन चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन, आइएलटिएस, पिटिइका कक्षाहरु पनि धमाधम सञ्चालन भइरहेका छन । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.