सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीलाई दोभाषे


  •    न्युजभित्तो/३ भाद्र २०८१, सोमबार १४:०६ 
  • डुम्रे (तनहुँ), ३ साउन । यहाँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभाषे राखेको छ । नगरपालिकाले दोभाषे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी भएका छन् ।

    अहिले नगरपालिकाले दोभाषे राखेर श्रवणशक्ति नभएका र सुस्तश्रवण भएका व्यक्तिलाई सेवा प्रवाह सुरु गरेको हो । उनीहरुले बोलीचालीका सामान्य भाषा सुन्न नसक्दारनबुझ्दा हुने गरेका समस्या दोभाषे राखेपछि हटेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार श्रवणसम्बन्धी समस्या भएकाको कुरा बुझ्नै समस्या भएपछि सहजीकरण गर्न दोभाषे राखिएको हो ।

    नगरपालिकाले दोभाषेका रुपमा ज्ञानु पन्थलाई गत साउन १६ गते नियुक्त गरेको हो । प्रमुख न्यौपानेले भन्नुभयो, “भाषा नबुझ्दा निकै समस्या हुन्थ्यो । नगरपालिका सङ्घले दोभाषे राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएर दोभाषे तालिमको व्यवस्था गरेपछि यहाँबाट एक जनालाई पठाएर तालिम प्राप्त गराएर नियुक्त गरेसँगै सेवा प्रवाहमा सहज भएको छ ।”

    यसले लक्षितवर्ग पनि हर्षित भएको उहाँको भनाइ छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, “उनीहरुका भाषा बुझ्न मान्छे खोज्नुपर्ने अवस्था थियो । दोभाषे राखिएपछि अहिले नगरपालिका श्रवणसम्बन्धी अपाङ्गतामैत्री बनेको छ । उनीहरुको काम गर्न सजिलो भएको छ ।”

    श्रवण शक्तिसम्बन्धी समस्या भएका मनोज थापा र कमल श्रेष्ठ भन्नुहुन्छ, “हामी खुसी भएका छौँ । व्यास नगरपालिकाले हाम्रा कुरा सुन्यो र दोभाषे राखिदिएको छ । बुझाउन समस्या भएको अवस्थामा दोभाषेले बुझाइदिनुहुन्छ ।” व्यासमा मात्रै नभएर अन्य पालिकाले पनि यस कार्यलाई अनुसरण गरी हामी जस्ता फरक क्षमताका मानिसको समस्या सुल्झाउने प्रयास गर्नुपर्नेमा उहाँको जोड छ ।

    उहाँले भन्नुभयो, “पहिला नगरपालिकामा काम लिएर आउँदा कसैले पनि नबुझेर लेख्नुपर्ने अवस्था थियो । अहिले सिधैँ समस्या लिएर मेयरसँग कुरा गर्छौँ । अनि समस्या समाधानमा सहज भएको छ । त्यसैले हामी धेरै खुसी छौँ ।” नगरपालिकाले पन्थलाई तीन महिनाको तालिमपश्चात् दोभाषेका रुपमा नियुक्त गरेको हो । नगरपालिकाभित्र कूल दुई सय ९१ मध्ये एक सय आठ श्रवण शक्तिसम्बन्धी समस्या भएका तथा सुस्तश्रवण व्यक्ति छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.