सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोल्डेन इमिनेन्टको भदौ ४ देखि ४ दिने शैक्षिक मेला


  •    न्युजभित्तो/२ भाद्र २०८१, आईतवार २०:५६ 
  • चितवन, भदौ २ गते  । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा यही भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो ।

    शैक्षिक मेलाका बारेमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीले  आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा  संस्थाका प्रबन्ध निर्देशक प्रकाश  रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष  परामर्श  लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै  प्रतिनिधिसंँग परामर्श लिएर थप जानकारी पाउन भन्ने हेतुले पनि शैक्षिक मेलाको आयोजना गरेका हौं ।’ प्रबन्ध निर्देशक रिजालले भने ।

    प्रबन्ध निर्देशक रिजालका अनुसार मेलामा विद्यार्थीले दक्षिण कोरियाका विभिन्न  युनिभर्सिटी, अध्ययन गर्न लाग्ने शुल्क, त्यहांँका भाषा, संस्कृति, कानुनका बारेमा जानकारी लिन सक्नेछन ।  मार्च इन्टेकलाई लक्षित गर्दै यही भदौ ४ गतेदेखि भदौ ७ गतेसम्म बिहान ९ बजेदेखि बेलुका  ५ बजेसम्म परामर्श दिइने रिजालले जानकारी दिए । मेलामा दक्षिण कोरियाका २० भन्दा बढी युनिभर्सिटीका बिषयमा परामर्श तथा आवेदन दिन सक्नेछन  । मेलामा आउने विद्यार्थीले आवश्यक कागजात भएको खण्डमा अन द स्पट भिषा आवेदन दिनसक्ने रिजालले बताए । मेलामा सहभागी विद्यार्थीहरुको लागि रजिष्ट्रेशन, सेवा शुल्क, कोरियन भाषा कक्षा तथा आइइएलटीएसका कक्षाहरु निःशुल्क प्रदान गरिने प्रबन्ध निर्देशक रिजालले बताए ।

    मेलामा सहभागी विद्यार्थीले आइइएलटिएसमा ५.५– ६.५   र २ दशमलब ८ भन्दा बढी जिपिए वा ६० प्रतिशत बढी अंक ल्याएमा े  ३० देखि शतप्रतिशत सम्म स्कलरसिप उपलब्ध पाउनेछन  ।‘‘खासगरी दक्षिण कोरियाको लागि मेनेज्मेण्ट, हस्पिटालिटी मेनेज्मेण्ट र ग्लोबल एडमिनिस्ट्रेसन बिषयमा विद्यार्थीले  आवेदन दिन सक्नेछन । , प्रबन्ध निर्देशक रिजालले भने, यहांँबाट ग्रयाजुएट गरेका विद्यार्थीले विश्वको जहांँकहींपनि काम पाउंँछन ।’ साथै ग्लोबल डिजिटल मेनेज्मेण्ट, ग्लोबल कम्युटर इञ्जिनियरिङ्गका साथै ग्लोबल मिडिीया मेनेज्मेण्ट बिषयमा पनि विद्यार्थीले परामर्श तथा आवेदन दिन सक्नेछन ।  नेपालमै स्नातक अध्ययन गर्ने शुल्कमा दक्षिण विद्यार्थीले दक्षिण कोरियामा अध्ययन अवसर पाइने उनले बताए ।

    विद्यार्थीलाई शैक्षिक अध्ययन पश्चात स्वदेशमै विदेशको सीप,अनुभव दक्षता हासिल गरी यसको सदुपयोग गर्न शैक्षिक मेला उपलब्धिमुलक हुने उनको भनाई छ । संभवत नेपालमै पहिलोपटक यस प्रकारको शैक्षिक मेला आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीका निर्देशक द्धय सम्झना क्षेत्री रिजाल र सोनिया पौडेल लगायतको सहभागिता थियो ।

    एकदशक अघि भरतपुर प्रधान कार्यालयबाट सेवा शुरु गरेको  गोल्डेन इमिनेन्टका अन्य शाखाहरु काठमाडौंको बागबजार, काठमाडौं, भक्तपुर बसपार्क अगाडि, बुटवलको पुष्पलाल पार्क ,कोहलपुरको  मेरी स्टोप्स सेन्टर पिपल चौतारी , दाङ्गको तुलसीपुर , महरा पेट्रोलपम्प रहेको भवन र साउथ कोरियाको शाखाको दोङ्गेदेमुन –इटिआई नम्बर–४, साउथ कोरिया सिओलमा शाखाहरु सञ्चालनमा छन । सबै शााखाहरुबाट  परामर्श तथा कोरियन भाषाका कक्षाहरु सञ्चालन भईरहेका छन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.