सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न ‘छतिया स्ट्रिट’ निर्माण


  •    न्युजभित्तो/२ भाद्र २०८१, आईतवार १४:२४ 
  • सौराहा, २ भदौ । पर्यटक गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न ‘छतिया स्ट्रिट’ निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौराहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करिब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो । सौराहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो ।

    अहिले सो क्षेत्रमा विभिन्न समुदायका व्यक्तिहरूले होटलहरु खोल्दै गए पछि सौराहाका थारु समुदायको अस्तित्व नै हराउँदै गएको छ । सौराहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् । सौराहामा अहिले ४५ मिटर लामो बागमती प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरीएको रत्ननगर नगर पालिका वडा नम्बर ६ का वडा सदस्य बिरेन्द्र महतोले बताए । उक्त स्ट्रिट बागमाती प्रदेश सरकारको ३० लाख र वडा कार्यालयबाट ३ लाखको लागतमा छतिया स्ट्रिट निर्माण गरीएको उनले जानकारी दिए ।

    छतिया थारु समुदायले खेतमा काम गर्दा घाम पानी बाट बच्न ओढ्ने बास र भर्लाको पात वाट बनेको ठुलो टोपी हो । उक्त स्ट्रिटमा पर्यटकलाई आकर्षित गर्न साँझ पख थारु समुदायको खानाका परिकारहरू थारु समुदायले बनाएका ह्याण्डी क्राफ्टहरु बिक्री वितरणको लागि राखिने महतोले बताए । स्ट्रिटमा हप्ता २ दिन थारु समुदायको मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजना रहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.