सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिवि प्रशासनमा विद्यार्थीको धर्ना, समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग


  •    न्युजभित्तो/३२ श्रावण २०८१, शुक्रबार ११:२९ 
  • काठमाडौँ, ३२ साउन । त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू प्रशासन शाखामै धर्नामा बसेका छन् । ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको भन्दै बिहीबार देखि त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् ।

    गत मङ्सिर मै ट्रान्सक्रिप्ट लिनका लागि निवेदन दिएर पटकौँ पटक धाउँदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट उपलब्ध नगराएको, ६ वटा विषयमा परीक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकाल्ने जस्तो गैरजिम्मेवार कार्यको विरुद्धमा त्रिविका आम विद्यार्थीहरू प्रशासनमा धर्नामा बसेका हुन् ।

    धर्ना कार्यक्रम राति १२ बजे नै अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की, सचिव उपदेश यादव, सञ्जीव चौधरीलगाएतका केन्द्रीय नेताहरू धर्ना स्थलमा उपस्थित भई ऐक्यबद्धता जनाएका छन् ।

    विद्यार्थीका जायज मागहरू यथाशीघ्र पूरा गर्न त्रिविका सम्पूर्ण पदाधिकारी कर्मचारी तथा सम्बन्धित निकायहरूलाई आग्रह गर्दै विद्यार्थीको आन्दोलनमा पुर्‍याउनको निम्ति नेता उपदेश यादवले अपिल गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.