सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्याव्सन चितवनको भवन उद्घाटन तथा सम्मान


  •    न्युजभित्तो/२६ श्रावण २०८१, शनिबार १९:४६ 
  • भरतपुर, २६ साउन।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन समुद्घाटन तथा विद्यार्थी र अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा  सम्पन्न भएको छ ।

    भवन समुद्घाटन तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले  आफैले शिलान्यास गरेको भवन समुद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित भएको महशुस गर्दै एसईईमा  उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई बधाई ज्ञापन गर्नुभयो  ।

    राज्यको ठुलो लगानी भएर पनि सामुदायिक विद्यालयहरुको नतिजा कमजोर भएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख अतिथि दाहालले चितवनमा संस्थागत विद्यालयहरुले हासिल गरेको नतिजाप्रति खुशी व्यक्त गर्नुभयो ।

    स्थागत विद्यालयहरूको विकासका भरतपुर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्दै आएको र  आगामी दिनमा पनि शैक्षिक विकासमा प्याब्सन चितवनसँग हातेमालो गर्दै अगाडि बढ्ने जानकारी गराउनुभयो ।

    भरतपुर महानगरपालिका यतिबेला पर्यटककहरुको रोजाइको स्थान बन्दै गएको हुनाले भरतपुर भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

    कार्यक्रममा शिक्षा तथा समन्वय ईकाई भरतपुरका प्रमुख भूमिलाल सुवेदीले उत्कृष्ट नतिजा हासिल गर्ने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै प्रगति गर्दै देशकै उत्कृष्ट नतिजा हासिल गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा चितवनमा संस्थागत विद्यालयबाट १८ जना र सामुदायिक विद्यालयहरुबाट २ गरी २० जना जीपीए ४ प्राप्त गर्ने विद्यार्थी र १२ वटा विद्यालयहरुलाई सम्मान गरिएको थियो । प्याब्सनको सम्मान कार्यक्रमले शैक्षिक विकासमा महत्वपूर्ण योगदान मिलेको सहभागीहरुले बताएका थिए ।

    सोही अवसरमा प्रमुख अतिथि रेनु दाहालले प्याब्सनको भवन निर्माण गर्न र प्याब्सनको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अग्रजहरुलाई पनि सम्मान गर्नुभएको थियो ।

    भरतपुर महानगरपालिका वडा नं ११ गणेशस्थानमा अवस्थित प्याव्सन चितवनको भवन २०७९ साल साउन ४ गते  महानगरपालिका प्रमुख रेनु दाहालले नै शिलान्यास गर्नुभएको थियो । प्याव्सनको भवन   करिब १ करोडको    लागतमा सम्पन्न भएको  र अझै थप व्यवस्थापनका काम बाँकी रहेको भवन निर्माण समितिका संयोजक एवम् प्याव्सन चितवनका सचिव मदन पुरीले जानकारी दिनुभयो।

    प्याव्सन चितवनका अध्यक्ष कृतिनिधि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सनका केन्द्रित प्राज्ञिक सल्लाहकार केशवकुमार श्रेष्ठ, प्याव्सन भरतपुरका अध्यक्ष लेखनाथ खनाल, प्याव्सन चितवनका वरिष्ठ सल्लाहकार बेलबहादुर गुरुङ, संस्थागत विद्यालय शिक्षक युनियन (ईष्टु) चितवनका अध्यक्ष जनकराज घिमिरे, गणेशथान टोल विकास सँस्थाका अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा प्याव्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्याव्सन चितवनका सचिव मदन पुरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.