एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कारबाट पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित
न्युजभित्तो/२४ श्रावण २०८१, बिहीबार १९:३९
चितवन, २४ साउन । चितवनमा रहेर विगत २५ वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित हुनु भएको छ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको एक्काइसौं वार्षिकोत्सवको अवसरमा बिहीबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४ बाट कँडेललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसका अध्यक्ष घननाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दोसल्ला र प्रमाणपत्र सहित २५ हजार एक सय एघार रुपैयाँले कँडेललाई सम्मान गर्नुभएको हो । एक्स्पर्टको १९औँ वार्षिकोत्सवदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक पत्रकार ईश्वरकुमार जोशी र त्यसपछि रमेशकुमार पौडेललाई प्रदान गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर ४, त्रिचोक निवासी पत्रकार सूर्यप्रकाश कँडेलले चितवनलाई कार्यक्षेत्र बनाएर २०५५ सालदेखि पत्रकारिता गरिरहनु भएको छ । चितवन सन्देश साप्ताहिकबाट सम्वाददाताका रुपमा अगाडि बढेको उहाँको पत्रकारिता हाल कायाकैरन दैनिकको प्रधानसम्पादकसम्म आइपुगेको छ । यस बीचमा उहाँसँग धेरै मिडियामा आवद्ध भएर काम गरिसकेको अनुभव छ ।
पुरस्कार ग्रहण गर्दै पत्रकार कँडेल भावुक बन्नुभएको थियो । विगतका दिन स्मरण गर्दै कँडेलले यस पुरस्कारले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले तीन वर्षदेखि एक्सपर्टले सुरुवात गरेको पत्रकारिता पुरस्कारले पत्रकारहरुमा सकरात्मक उर्जा थपेको बताउनुभयो । उहाँले पुरस्कार वितरणमा महासंघले सहकार्य गर्दै आइरहेको स्मरण गर्दै निजी क्षेत्रले पुरस्कार स्थापना गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।