सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कारबाट पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित


  •    न्युजभित्तो/२४ श्रावण २०८१, बिहीबार १९:३९ 
  • चितवन, २४ साउन । चितवनमा रहेर विगत २५ वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित हुनु भएको छ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको एक्काइसौं वार्षिकोत्सवको अवसरमा बिहीबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४ बाट कँडेललाई सम्मान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसका अध्यक्ष घननाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दोसल्ला र प्रमाणपत्र सहित २५ हजार एक सय एघार रुपैयाँले कँडेललाई सम्मान गर्नुभएको हो । एक्स्पर्टको १९औँ वार्षिकोत्सवदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक पत्रकार ईश्वरकुमार जोशी र त्यसपछि रमेशकुमार पौडेललाई प्रदान गरिएको थियो ।

    भरतपुर महानगरपालिका वडा नम्बर ४, त्रिचोक निवासी पत्रकार सूर्यप्रकाश कँडेलले चितवनलाई कार्यक्षेत्र बनाएर २०५५ सालदेखि पत्रकारिता गरिरहनु भएको छ । चितवन सन्देश साप्ताहिकबाट सम्वाददाताका रुपमा अगाडि बढेको उहाँको पत्रकारिता हाल कायाकैरन दैनिकको प्रधानसम्पादकसम्म आइपुगेको छ । यस बीचमा उहाँसँग धेरै मिडियामा आवद्ध भएर काम गरिसकेको अनुभव छ ।

    पुरस्कार ग्रहण गर्दै पत्रकार कँडेल भावुक बन्नुभएको थियो । विगतका दिन स्मरण गर्दै कँडेलले यस पुरस्कारले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले तीन वर्षदेखि एक्सपर्टले सुरुवात गरेको पत्रकारिता पुरस्कारले पत्रकारहरुमा सकरात्मक उर्जा थपेको बताउनुभयो । उहाँले पुरस्कार वितरणमा महासंघले सहकार्य गर्दै आइरहेको स्मरण गर्दै निजी क्षेत्रले पुरस्कार स्थापना गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.