सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भव्य कार्यक्रम गरेर सेन्ट्रल कलेजले भोलि १६ औं बार्षिकोत्सब मनाउने


  •    न्युजभित्तो/२४ श्रावण २०८१, बिहीबार १६:०७ 
  • भरतपुर, २४ साउन । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्नेछ । बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुने सेन्ट्रल कलजेका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।

    बृहत रक्तदान, सांस्कृतिक कार्यक्रम, खेलकुद सामाग्री वितरण र बार्षिक साधारण सभा शुक्रबार नै हुनेछ । कार्यक्रममा सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडिओ प्रिमियर सो गरिनेछ भने बिभिन्न सामाजिक संघ संस्थालाई सम्मान गरिने प्रिन्सिपल पौडेलले बताउनुभयो । बार्षिकोत्सको कार्यक्रममा चर्चित कलाकार पशुपति शर्मा, करन परियार र कमेडी च्याम्पियन सुनिल खड्काको बिशेष प्रस्तुती रहनेछ । कलेजले बार्षिकोत्सब कार्यक्रममा सहभागि हुन सबै बिद्यार्थी र चितवन, नवलपुर र तनहुँका बासिन्दालाई आब्हान गरेको छ ।

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । बिद्यार्थीका लागि निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको कलेजले होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजमा भाषा कक्षा लिन चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन, आइएलटिएस, पिटिइका कक्षाहरु पनि धमाधम सञ्चालन भइरहेका छन ।

    विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । सेन्ट्रल कलेज गु्रपले स्टडी इन नेपाल भन्दै सेन्ट्रल मोडेल कलेज मार्फत बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउन थालेको छ । त्यसका लागि धमाधम भर्ना भइरहेको कलेजका कार्यक्रम संयोजक वाइबी पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.