एक्सपर्टको वार्षिकोत्सवको अवसरमा २ सय जनाको निःशुल्क आँखा परीक्षण
न्युजभित्तो/२२ श्रावण २०८१, मंगलवार १७:१४
चितवन, २२ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा आँखा परीक्षण शिविर आयोजना गरेको हो ।
विहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा दुई सय जनाको आँखा परीक्षण गरिएको थियो । चितवन आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा।किशोर गौतमले आँखा परीक्षणको क्रममा धेरैजसोमा दृष्टिदोषको समस्या देखिएको बताए । केहीमा कम्प्युटर भिजन, आँखा सुख्खाको समस्या देखिए पनि गम्भिर प्रकृतिको समस्या नदेखिएको गौतमले जानकारी दिए । शिविरमा विद्यार्थीहरुको पूर्व परीक्षणपछि आँखा परीक्षण गरिएको थियो । शिविरमा दृष्टि सहायक प्रभात यादबलगायत प्राविधिकहरु सहभागि भएको चितवन आँखा अस्पतालका जनसम्पर्क अधिकृत असिमबाबु हमालले जानकारी दिए ।
चितवन, २२ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ ।
चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा आँखा परीक्षण शिविर आयोजना गरेको हो ।