सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलाई देश छोड्न बाध्य बनाउने शेख हसिनाले अहिले आफैँ देश छोड्नु पर्‍यो- तसलिमा नसरिन


  •    न्युजभित्तो/२२ श्रावण २०८१, मंगलवार १५:०८ 
  • काठमाडौं, २२ साउन । बंगलादेशकी चर्चित लेखिका तसलिमा नसरिनले प्रधानमन्त्री पद त्यागेर देश छोडेकी शेख हसिनाप्रति व्यंग्य गरेकी छिन् ।सन् १९९९ मा इस्लामिक कट्टरपन्थीहरूलाई खुसी बनाउन आफूलाई देश जोड्न बाध्य बनाउने हसिनाले तिनै कट्टरपन्थीका कारण अहिले देश छोड्नुपरेको भन्दै तसलिमाले व्यंग्य गरेको भारतीय सञ्चारमाध्यम एबीपी न्युजले समाचार बनाएको छ ।

    ‘शेख हसिनाले इस्लामवादीलाई खुसी बनाउन सन् १९९९ मा मलाई देश निकाला गरेकी थिइन् । जुन मानिसले त्यसबेला हसिनालाई खुसी दिएका थिए । अहिले तिनैले हसिनालाई देश निकाला गरिदिएका छन्,’ तसलिमाले भनेकी छिन् । बंगलादेशमा अप्पसंख्यक हिन्दूहरूमाथि भएको ज्यादतीको विषयलाई लिएर लेखिएको उपन्यास ‘लज्जा’लाई लिएर तसलिमाले १९९९ मा देश छोड्नुपरेको थियो । अहिले पनि उनले निर्वासित जीवन बिताइरहेकी छिन् । विद्यार्थीको नेतृत्वमा भएको आन्दोलन चर्किएर उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले सोमवार राजीनामा दिएर देश छोडेकी छिन् । प्रधानमन्त्रीको कार्यालयलगायत सबै आन्दोलनकारीले कब्जा गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.