आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागिन्
न्युजभित्तो/२२ श्रावण २०८१, मंगलवार ११:३३
बंगलादेश, २२ साउन । बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् । उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी हुन् ।
पूरा बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएको समेत बताइएको छ । हसिना आफ्नी बहिनीसहित भागेको जनाइएको छ । केही समयपछि त्यहाँका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ । हालै भएको चुनावमा हसिनाको पार्टीले एकलौटी जित हासिल गरेको थियो । तर सो चुनाव विपक्षी पार्टीले बहिस्कार गरेका थिए ।