सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेघौली घटगाई नेचर गाईड एसोसिएसनको साधरण सभा एवं प्रथम अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/२१ श्रावण २०८१, सोमबार २०:०१ 
  • बद्री अर्याल
    चितवन, २१ साउन । मेघौली घटगाई नेचर गाईड एसोसिएसनको साधरण सभा एवं प्रथम अधिवेशन  भएको छ ।  आईतवार र सोमवार  दुई दिन पटिहानीमा संस्थाको साधरण सभा र अधिवेशन सम्पन्न भएको हो ।

    अधिवेशनले यसअघिकै तदर्थ समितिलाई निरन्तरता दिदै मनेश कुमार लिम्वुको नेतृत्वमा संस्थालाई अगाडि बढाउने निर्णय गरेको छ । जसको उपाध्यक्षमा नन्द कुमार महतो, सचिवमा वेदन महतो, सह-सचिवमा छविराम पौडेल र कोषाध्यक्षमा वीर वहादुर महतो चयन भएका छन । यस्तै सदस्यहरुमा  सुर्य प्रकाश तिवारी, वद्री प्रसाद अर्याल, चिन बहादुर कुमाल, श्रीकृष्ण न्यौपाने, गजेन्द्र पोख्रेल र शिवराज गिरी चयन भएका छन ।

    यस्तै नेपाल पंक्षी विद् संघका अध्यक्ष हठन महतोको सल्लाहकार समितिको संयोजकमा मनोनित हुनुभएको छ । सदस्यहरुमा कुल नारायण श्रेष्ठ, कमल अधिकारी, सुर्य गुरुङ र सुवास गुरुङ रहेका छन ।

    अध्यक्षमा मनोनित लिम्वुले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पूर्ण रुपमा निभाउने वताउनुभयो । उहाले संस्थामा रहेर काम गर्दै जादा कसैले औला उठाउने ठाउँ नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै  प्रविधिको विकाससँगै अव संस्थाको सम्पुर्ण गतिविधि डिजिटल रुपमा अगाडि बढ्ने वताउनुभयो ।

    यसअघि भएको साधरण सभामा चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अभिनाश थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नयाँ गोरख गणका सेनानी सन्तोष ढुुङगेेल र नेपाल पंक्षी विद् संघका अध्यक्ष हठन चौधरीको विशिष्ठ आतिथ्यता रहेको थियो । नेचर गाईडहरुले पर्यटकलाई रिझाउन सक्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।

    दुई दिने कार्यक्रममा नेचर गाईडहरुको क्षमता अभिवृद्धिको लागि प्रशिक्षण समेत राखिएको थियो । जसमा विभिन्न क्षेत्रका विज्ञले चितवन राष्ट्रिय निकुञ्ज र यहाँ पाईने जनावरहरुको वारेमा जानकारी दिएका थिए । साथै नेचर गाईडमा हुनुपर्ने स्वभावको वारेमा पनि प्रशिक्षकहरुले जानकारी गराएका थिए ।

    प्रशिक्षणको सुरुवातमा मेघौली सेराईका नेचर गाईड अश्विन गुरुङले पुतलीको वारेमा प्रशिक्षण दिनुभएको थियो । यस्तै ट्राईगर ट्याकर वीर वावुराम महतो जनवारको पहिचान र ट्याकिङको तरिकावारे प्रशिक्षित गराउनु भएको थियो । मेघौली घटगाई गाईड एसोसिएसनका अध्यक्ष मनेश लिम्वुले किराहरुको पहिचान र संरक्षणको वारेमा जानकारी गराउनुभएको थियो भने हठन चौधरीले चराको वारेमा जानकारी गराउनुभयो । सो अवसरमा चौधरीले चरा सम्वन्धि सम्पुर्ण जानकारी समेटिएको ४ थान पुस्तक संथाका अध्यक्ष लिम्वुलाई हस्तान्तरण गर्नुभएको थियो ।

    यस्तै चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अविनाश थापा मगरले  गाइडहरुको भुमिका र उत्तरदायित्वको बारेमा प्रष्ट पार्नुभएको थियो । चितवन राष्ट्रिय निकुञ्जले  गाईडहरुलाई के-कस्तो सहयोग गर्छ भन्नेबारे पनि उहाँले प्रकाश पार्नुभएको थियो ।

    प्रशिक्षित कार्यक्रममा कमल अधिकारी, आषिक गुरुङ, प्रदिप महतो, पुजा महतो, सन्तोष वस्नेत लगाएतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ६५ जना नेचर गाईडहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.