काठमाडौँ, २१ साउन । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो । अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत उल्लेख छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो ।
यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् ।