सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विमानभित्रै श्रीमान्-श्रीमती कुटाकुट गर्न थालेपछि आकस्मिक अवतरण !


  •    न्युजभित्तो/२१ श्रावण २०८१, सोमबार १३:२३ 
  • काठमाडौ, २१ साउन । मौसम प्रतिकूल हुँदा वा प्राविधिक समस्या आउँदा विमान आकस्मिक अवतरण गराउनु परेका घटना त सुनिरहेकै हुन्छौँ। तर सँगै हवाई यात्रा गरिरहेका श्रीमान्–श्रीमतीबीच भएको झगडाकै कारण हवाईजहाज आकस्मिक अवतरण गराउनुपरेको घटना सुन्दा अचम्म लाग्न सक्छ। तर आयरल्यान्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा यस्तै घटना भएको छ।

    घटना गत शुक्रबार साँझको हो। उक्त विमान आयरल्यान्डको डब्लिनबाट स्पेनको मल्लारोका जाँदै थियो। जसमा यात्रारत एक जोडी पति–पत्नीबीच यति चर्को विवाद भयो कि आपसमा कुटाकुट नै गर्न थाले। झगडाले हिंसात्मक रूप लिन थालेपछि चालक दलका सदस्यले रोक्ने प्रयास गरे तर सकेनन्। त्यसपछि उनीहरू आपत्‌कालीन अवस्था घोषणा गरी विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन्। विमान आकस्मिक अवतरण गरेपछि झगडामा संलग्न पुरुषलाई स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    महिलाको अनुहारमा भने केही चोट लागेका प्राथमिक उपचार गराइएको उल्लेख छ। उनीहरूको झगडाकै कारण विमान निर्धारित समयभन्दा झन्डै २ घण्टा ढिला गन्तव्यमा पुगेको थियो। उक्त घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.