बाघसँग डराएर भागेका हात्ती आफै हात्तीसार पुगे, बाघको स्वास्थ्य परीक्षण गरिने
न्युजभित्तो/२१ श्रावण २०८१, सोमबार ११:४२
चितवन, २१ साउन । नारायणी नदी किनारमा आइतवार एक पुरुषलाई आक्रमण गरी नजिकैको नर्कट झाडीमा लुकेको बाघलाई डार्ट गर्ने क्रममा डराएर भागेका दुई हात्ती हिमालगज र सिमसारकली आफै हात्तीसार पुगेका छन् । बाघलाई नियन्त्रणमा लिन सुरुवातमा तीन वटा हात्ती प्रयोग गरिएको थियो ।
बाघले झम्टिन खोजेपछि हिमालगज र सिमसारकली बिच्किएर हिँडेका थिए । जस्ताको छाना भएको दुई वटा छाप्राको बीचबाट हात्ती हिँड्दा माहुते र प्राविधिकले मुश्किलले ज्यान जोगाए । सिमलकली हात्तीलाई केहि पर पुगेपछि माहुतेले नियन्त्रणमा लिए भने हिमालगज हात्ती आफै कसरास्थित हात्ती सार पुगेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
‘हात्तीहरु बाहिर जहाँ गएपनि फर्किएर आफ्नै घर आउँछन् । सिमसारकली माहुतेसहित आएको थियो, हिमालगज चाँहि आफै आयो । त्यो हात्तीको पछाडि मोटरसाइकलसहित हाम्रा कर्मचारी हुनुहुन्थ्यो’, उनले भने ।
दुई हात्ती भागेपछि सौराहाबाट पुनः दुई वटा हात्ती मगाइएको थियो । आइतवार साँझ तीन वटा हात्ती प्रयोग गरी बाघलाई बेहोस बनाउने औषधीले डार्ट गरी नियन्त्रणमा लिइएको हो । उक्त बाघलाई सौराहाको खोरमा राखिएको छ ।
उक्त बाघको आज स्वास्थ्य परीक्षण गरिने सूचना अधिकारी तिवारीले जानकारी दिए । त्यसपछि बाघलाई खोरमै थुनिराख्ने वा निकुञ्जमा छाड्ने यकिन हुने उनले बताए । रातको समयमा बाघ डुल्दै जाँदा भरतपुर–१ स्थित नारायणी नदी किनारमा पुगेको प्राविधिकहरुको विश्लेषण छ । बिहानपख फर्किन खोज्दा मान्छेको भिड बढिसकेको थियो ।
आफ्नो अगाडि मान्छे फेला परेपछि आफ्नो बाटो पन्छाउनका लागि मात्रै बाघले आक्रमण गरेको हुनसक्ने प्राविधिकहरु बताउँछन् । उक्त बाघ नगर वनतर्फबाट नदीको किनारै किनार त्यहाँ पुगेको हुन सक्ने अनुमान गरिएको छ ।
बाघले आक्रमण गरेपछि घाइते भएका भरतपुर–२ बस्ने ६० वर्षीय पशुपती श्रेष्ठको अवस्था सामान्य छ । उनको दाहिने हात भाँचिएको थियो । उनी चितवन मेडिकल कलेजमा उपचाररत छन् । मर्निङवाक गर्ने क्रममा श्रेष्ठ नदी किनार पुगेका थिए ।