सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेसद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान


  •    न्युजभित्तो/१९ श्रावण २०८१, शनिबार १३:४० 
  • भरतपुर, १९ साउन । भरतपुर इङ्लिस स्कुल सोसाइटी बेसको आयोजनामा विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई शुक्रबार भरतपुरमा सम्मान गरिएको छ । बेसका सदस्य विद्यालयबाट एसईई २०८० र आधारभूत तह उत्तीर्ण परीक्षा २०८० मा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी, विद्यालय र उत्कृष्ट औसत जिपी ल्याउने विषय शिक्षकहरुलाई सम्मान गरिएको हो ।

    सम्मान कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सुवास आचार्यले बेसका सदस्य विद्यालयहरुको नतिजा उत्कृष्ठ रहेको जनाउँदै उत्कृष्ट नतिजा हासिल गर्दा एनजी आएकाहरुको स्तर कसरी उकास्ने भन्नेतिर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    वर्तमान समयमा विद्यार्थीहरुमा वैदेशिक मोह बढेर दक्ष जनशक्ति पलायन भएका कारण समस्या उत्पन्न भएको जनाउँदै प्रमुख अतिथि आचार्यले उत्पादन भएको जनशक्तिलाई कसरी राष्ट्रिय हितमा सहभागी गराउने भन्नेतिर सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य मोहन लामाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई बधाई ज्ञापन गर्दै देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरुको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो ।

    चितवन जिल्लाबाट एसईई २०८० मा ४ जिपिए प्राप्त गर्ने १७ जनामध्ये बेस सदस्य विद्यालयबाट ११ जनाले ४ जिपिए प्राप्त गरेका थिए । वि सं २०८० को एसईईमा बेसका सदस्य विद्यालयहरु नारायणी पब्लिक स्कुलबाट ३ जना, अर्किड इङ्लिस स्कुलबाट २ जना, स्मल हेभन मोडल स्कुलबाट २ जना, अरोमा इङ्लिस स्कुलबाट २ जना, पोलार स्टार इङ्लिस स्कुलबाट १ जना र वाल्मीकि शिक्षा सदनबाट १ जना गरी ११ जनाले ४ जिपिए प्राप्त गरेका थिए ।

    यसैगरी आधारभूत तह उत्तीर्ण परीक्षा २०८० मा बेसका सदस्य विद्यालयबाट ६ जनाले ४ जिपिए प्राप्त गरेका थिए । बेसका सदस्य विद्यालयहरु वाल्मीकि शिक्षा सदन, नारायणी पब्लिक स्कुल, विद्या विकास इङ्लिस स्कुल, सृजना ईङ्लिस स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल, मनशिक्षा मन्दिरबाट एक–एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका थिए ।

    उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई सम्मान गर्ने बेसको कार्यक्रमले सबैलाई हौसला बढाएको सहभागीहरुले धारणा रहेको छ । भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस) का अध्यक्ष ईन्द्रेस शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन वागमती प्रदेश सदस्य इन्दिरा कार्की ,प्याब्सन चितवनका पुर्व अध्यक्ष टीकाराम चापागाईं ,प्याब्सन भरतपुर महानगरपालिका अध्यक्ष लेखनाथ खनाल, संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) का संयोजक विष्णुप्रसाद पोख्रेललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

    सम्मान कार्यक्रम बेसका उपाध्यक्ष शिवबहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने बेसका सचिव बिष्णुबहादुर बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.