सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम


  •    न्युजभित्तो/१७ श्रावण २०८१, बिहीबार १३:४० 
  • चितवन, १७ साउन । यहाँका युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो ।

    भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन् । ब्युटीपार्लर सञ्चालन गर्दै आएकाहरुसमेत तालिममा सहभागी छन् । उनीहरुलाई ४५ दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइने जनाइएको छ ।

    प्रशिक्षणपश्चात् स्थानीय वडा र पालिकासँग समन्वय गरेर व्यवसाय सञ्चालनमा सहजीकरण गरिने सिग्देलले बताउनुभयो । आवेदन दिएकाहरुबाट छनोट गरी स्वदेशमै पेसा गर्न चाहनेलाई तालिममा समावेश गरिएको उहाँको भनाइ छ ।

    सैलुनका प्रबन्ध निर्देशक सुस्मिता चालिसेले यसअघि यही तालिमका लागि प्रतिव्यक्ति रु ४० हजार लिईँदै आएको बताउनुभयो । गत वर्ष पनि ३० जनालाई निःशुल्क तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

    तालिमपश्चात् सहभागीले महिला र पुरुष दुवैको कपाल काट्नेलगायत सैलुन र पार्लरसम्बन्धी काम गर्न सक्ने चालिसेको भनाइ छ । गत वर्ष तालिमका सहभागीमध्ये केहीले आफैँले व्यवसाय सञ्चालन गरेका छन् । केहीले रोजगारी पाएका छन् । सिग्देलले विदेशबाट फर्किएर यहाँ सैलुन व्यवसाय गर्दै आउनुभएको छ । विदेशका दुःख देखेर युवाहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गर्न निःशुल्क तालिम दिँदै आएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.