सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिल्लीमा भारी वर्षाः भेलसँगै नालीमा खस्दा आमा-छोरीको मृत्यु, विद्यालय बन्द


  •    न्युजभित्तो/१७ श्रावण २०८१, बिहीबार ११:४६ 
  • भारत, १७ साउन । भारतको राजधानी दिल्ली भेलसँगै नालीमा खस्दा आमा छोरीकै मृत्यु भएको छ । हिजो (बुधबार) राति भारी वर्षाका कारण भेलसँगै नालीमा खस्दा आमा छोरीकै मृत्यु भएको छ।

    एएपी विधायक कुलदीप कुमारले सामाजिक सञ्जालमा उक्त घटनाको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज (बुधबार राति) दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले निर्माण गरिरहेको नालामा कुनै किसिमको ब्यारिकेडिङ नहुँदा त्यसमा खसेर एक महिला र उनको साढे दुई वर्षकी छोरीको मृत्यु भएको छ।’

    समाचार एजेन्सी एएनआईका अनुसार, दिल्लीको दर्यागन्ज क्षेत्रमा वर्षाका कारण एक निजी विद्यालयको पर्खाल पनि भत्किएको छ। त्यस्तै दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै विद्यालयहरू बन्द राख्न आदेश दिइएको छ।

    दिल्ली सरकारका मन्त्री आतिशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिल्लीमा बुधबार साँझदेखि परेको भारी वर्षा र बिहीबार पनि भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै दिल्लीका सबै सरकारी र निजी विद्यालयहरू १ अगस्टमा (आज) बन्द रहनेछन्।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.