सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको केरलमा पहिरो: १५ जनाको मृत्यु, ५० घाइते


  •    न्युजभित्तो/१५ श्रावण २०८१, मंगलवार ११:४० 
  • नयाँ दिल्ली, १५ साउन । भारतको केरलको वायनाडमा मंगलबार पहिरो खस्दा १५ जनाको मृत्यु भएको छ । घाइते ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

    पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । वनमन्त्री एके ससीनन्दनले पहिरोमा कति मानिस फसे भन्ने यकिन संख्या थाहा हुन नसकेको बताए । पीडितको उद्धारका निम्ति एयरफोर्सको हेलिकोप्टर प्रयोग गरिएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयले मृत्यु भएकाका परिवारलाई जनही दुई लाख र घाइतेका परिवारलाई ५० हजार भारु दिने जनाएको छ ।

    वायनाडका सांसद तथा विपक्षी नेता राहुल गान्धीले पनि उक्त क्षेत्रमा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले राहतका निम्ति कुनै समस्या आएमा आफूलाई बताउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । बीबीसी हिन्दीबाट ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.