चितवन, १४ साउन । वातावरणको क्षेत्रमा समेत काम गर्दै आएका लायन्सहरुले आज विद्यालयमा विरुवा रोपेका छन् । भरतपुर महानगरपालिका वडा नं. २६, रोधिगाउँमा रहेको रातापुर आधारभूत विद्यालय परिसरमा लायन्सहरुले विद्यार्थीसँगै विरुवा रोपेका हुन् ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर नेपाल अन्तर्गतका लायन्स क्लब अफ चितवन राईज, लायन्स क्लब अफ चितवन लंकू र लायन्स क्लब अफ नारायणी चौतारीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर पिएमजेएफ लायन रामप्रसाद भट्टले लायन्सको आफूलाई समाजमा चिनाउने बाहेकको अन्य स्वार्थ नभएको बताउनुभयो । उहाँले लायन्सले विश्वभर जलवायु परिवर्तन, वातावरण संरक्षण, आँखा उपचार, शिक्षा, प्राकृतिक विपत्तिमा परेकालाई राहत, भोकोपन निवारण, रक्तदान जस्ता क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
उहाँले बालबालिकालाई दिनको एक घण्टा समाजका लागि केही गर्न शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “आफ्नो लागि त पशुले पनि गर्छ, अरुका लागि केही गर्न सक्नुपर्छ, बालबालिकाहरुलाई पनि अरुका लागि केही गर्न सानैदेखि प्रेरित गर्नुपर्छ ।”
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम ढकाल (प्रेम) ले आफूहरु लायन्ससँग जोडिन पाएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले विद्यालयको शिक्षाको स्तर विकासका लागि आगामी दिनमा लायन्सहरुबाट सहयोगको अपेक्षा पनि गर्नुभयो ।
जोन ३० का जोन चेयर पर्सन एमजेएफ हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन राईजका अध्यक्ष सूर्यमान श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा तीन वटै लायन्स क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो । सो अवसरमा विद्यालय परिसरमा धुपी, कपुर लगायत विभिन्न जातका विरुवा रोपिएको थियो ।
विश्वको सबैभन्दा ठूलो सामाजिक लायन्स क्लबले नेपालमा विद्यालय निर्माण, स्वास्थ्य शिविर, आखाँ अस्पताल निर्माण, भोकोपन निवारणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उद्देश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोड भन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गर्नुभएको थियो । त्यस यता नेपालमा धेरै क्लबहरु गठन भएर मानवीय सेवा गर्दै आएका छन् । लायन्समा जोडिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।