सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संरक्षित वन्यजन्तु सालकको अखेटोपहारसहित नुवाकोटका ६ जना पक्राउ


  •    न्युजभित्तो/११ श्रावण २०८१, शुक्रबार १५:०८ 
  • चितवन, ११ साउन । संरक्षित वन्यजन्तु सालकको अखेटोपहार विक्री गर्न लैजादै गर्दा ६ जना पक्राउ परेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अप्रेशनको क्रममा भरतपुर महानगरपालिका–८, स्थित वरण्डाभार मध्यवर्ती उपभोक्ता क्षेत्रबाट मोटरसाइकलमा आएका दुई जनालाई सालकको अखेटोपहारसहित पक्राउ गरिएको थियो । गत असार ५ गते पक्राउ परेका दुई जनाबाट अनुसन्धानको क्रममा थप ४ जनालाई पक्राउ गर्न सफल भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ६ जनाविरुद्ध नै आज चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्न लागिएको छ ।

    गत असार ५ गते दिउँसो ३ः३० बजेको समयमा बा ३८ प ९३३२ नम्बरको मोटरसाइकलमा आएका नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ बस्ने वर्ष २४ का निरन भड्ताल र विदुर नगरपालिका–१३ बस्ने वर्ष २७ का रामचन्द्र सुनारलाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट गस्ती टोलीले ९६० ग्रामको सालक अखेटोपहार बरामद गरेको थियो । पक्राउ परेका दुई जनाको बयानबाट निकुञ्जले थप चार जना विदुर नगरपालिका–६ बस्ने वर्ष २२ का विक्रम गहतराज, विदुर–१२ बस्ने वर्ष २९ को रामबहादुर मिजार, सूर्यगढी गाफलाटे नगरपालिका–३ बस्ने वर्ष ३१ का राम सुनार र नुवाकोटकै लिखु गाउँपालिका–५ बस्ने वर्ष २९ को रामकृष्ण मिजारलाई पक्राउ गरेको हो ।

    अनुसन्धानको क्रममा २०८० माघमा लिखु गाउँपालिका–५ स्थित सामुदायिक वनमा घाँस काट्न जाने क्रममा सालक मरेको अवस्थामा रामकृष्ण मिजार र रामबहादुर मिजारले घरमा ल्याएर राखेका थिए । रामबहादुरले उक्त सालकको अखेटोपहार विक्री गर्न विक्रम गहतराजलाई सम्पर्क गरेका थिए । त्यसपश्चात अखेटोपहार विक्रीका लागि विक्रमले रामकुमार सुनारलाई सम्पर्क गरेका थिए । रामकुमारले निरज भड्ताल र रामचन्द्र सुनारलाइ सम्पर्क गरेर उक्त सालकको अखेटोपहार विक्री गर्न चितवन पठाएको अनुसन्धानबाट खुलेको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    उनीहरुविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ को उपदफा १ (क) विपरीत कार्य गरेको र सोही एनेको दफा २६ (२) अन्तरगतको कसुर गरेकाले सोही दफा बमोजिम दफा २।६ को उपदफा २ बमोजिम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय माग दावी गरी आज चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्न लागिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.