सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विमान दुर्घटना: मृतकको शव आज आफन्तलाई बुझाउने तयारी


  •    न्युजभित्तो/११ श्रावण २०८१, शुक्रबार १२:२३ 
  • काठमाडौँ, ११ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शुक्रबार आफन्तलाई बुझाउने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाउने तयारी गरिएको हो ।

    त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा।गोपालप्रसाद चौधरीका दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलन भएका कारण पहिचान गर्न केही समस्या देखिएको छ । १४ जनाको भने पहिचान खुल्न सक्ने उनले बताए ।

    आज साँझ चार बजेसम्म हुलिया ‘म्याचिङ’ आवश्यक प्रक्रिया सकेर त्यसपछि परिवारलाई शव बुझाइने चौधरीले बताए । आफन्तले उपलब्ध गराएको हुलियाबाट समेत शवको पहिचान नखुलेमा भने डीएनएको प्रक्रियामा जानु पर्ने चौधरीले उल्लेख गरे । डीएनएको प्रक्रियामा गएको खण्डमा भने शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्छ ।

    गत बुधबार विमानस्थल नजिकै भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने एकजना पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.