सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते


  •    न्युजभित्तो/११ श्रावण २०८१, शुक्रबार ११:४१ 
  • चितवन, ११ साउन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

    बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा ठोक्किएका थिए ।

    नेपाली कन्टेनर ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद पटेलको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ७ः२० बजे मृत्य भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

    भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामै उपचारको क्रममा बिहान ७ः२० बजे मृत्यु भएको रिजालले बताए । सोहि ट्रकको सहचालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.