सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेज ग्रुपले बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने


  •    न्युजभित्तो/१० श्रावण २०८१, बिहीबार १६:४६ 
  • चितवन, १० असार । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर बिभिन्न शैक्षिक कार्याक्रम सञ्चालन गर्न लागेको हो ।

    त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त निर्वाणा कलेजको (विएचएम, बिआइएम) कार्यक्रम र दियालो कलजको ९बिबिएस० कार्यक्रम अब भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको मुख्य कार्यालय सेन्ट्रल टावरमा सञ्चालन गर्नेगरी सम्झौता भएको छ । कलेजले यही शैक्षिक सत्रबाट बिएचएम, बिआइएम र बिबिएस बिषयमा अध्यापन गराउने कलेजका कार्यक्रम संयोजक यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।

    ‘बिश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारबर्षे शैक्षिक कार्यक्रम (बिएचएम, बिआइएम र बिबिएस) हामीले सञ्चालन गर्दैछौं, पौडेलले भन्नुभयो, नेपालमै बिदेशी स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्याधुनिक आफ्नै भवनमा अध्यापन गराउनेछ ।’ उहाँले नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत खुलेको जानकारी दिनुभयो । ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौं,उहाँले भन्नुभयो,पार्टटाइम जब र अन्तिम बर्ष बिदेशमा इन्ट्रनसिपमा जानका लागि सपोर्ट गर्छौ ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई बिश्वभर लैजाने जनाएको छ ।

    कलेजको अफ्नै बस सुबिधा छ भने होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.