सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु


  •    न्युजभित्तो/१० श्रावण २०८१, बिहीबार १६:४२ 
  • चितवन, १० साउन । भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवाको शुभारम्भ गरेको छ ।

    आज (बिहीबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहाल र उप–प्रमुख चित्रसेन अधिकारीले दुई जना बिरामीलाई विशेषज्ञ सेवाको टिकट हस्तान्तरण गरे सेवाको शुभाम्भ गरेका हुन् । भरतपुर–१४ स्थित यस प्राथमिक स्वास्थ्य केन्द्रमा सातामा तीन दिन आसपासका नगरबासीले विशेषज्ञ सेवा पाउने छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० र भरतपुर आँखा अस्पतालको समन्वयमा हरेक सोमबार जनरल फिजिसियन सेवा, बुधबार प्रसुती तथा स्त्री रोगसंगै रेडियोलोजी सेवा, बिहीबार बाल रोग र आँखाको उपचार सेवा प्रदान गरिने महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । ‘हाललाई सातामा तीन दिन मात्रै विशेषज्ञ सेवा चल्छ, अन्य दिनका लागि पनि हामी व्यवस्थापनको तयारीमा छौं’–भट्टले भने ।

    वि।सं।२०२७ सालमा स्थापना भएको यस शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र महानगरपालिकाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द हो । यहाँ सामाजिक स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ । गत आर्थिक वर्षमा यस प्राथमिक स्वास्थ्य केन्द्रमा ४९ हजार ३७५ जनाले सेवा लिएका थिए । दैनिक औषत बिरामी संख्या १६५ जना रहेको छ । यस केन्द्रमा सुरक्षित सुत्केरी, गर्भपतन, प्रयोगशाला, एक्सरे सेवा प्रदान गर्दै आइरहेको छ । नगर अस्पतालको रुपमा विकास गर्न लागिएको यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाल तीन जना मेडिकल अधिकृतसहित ३२ जना कर्मचारी कार्यरत छन् ।

    सेवाको शुभारम्भ गर्दै महानगर प्रमुख दाहालले यस केन्द्रको स्तरोन्नतीलाई महानगरले प्राथमिकतामा राखेको बताइन् । उनले संघीय सरकारबाट केन्द्रको स्तरोन्नतीका लागि यस आर्थिक वषमा १ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिइन् । ‘नगरअस्पतालको रुपमा विकास हुन जुन किसिमले भौतिक पूर्वाधारहरु हुनुपर्दथ्यो त्यो भएको छैन, हामी आगामि दिनमा क्रमिक रुपमा संघीय सरकारको बजेट कार्यान्वयनसंगै महानगर आफैले स्तरोन्नतीको काम अगाडि बढाउँछौं’–प्रमुख दाहालले भनिन् । उनले अस्पतालमा हाल तीन दिन मात्रै विशेषज्ञ सेवा हुने तय भए पनि साताभर नै विशेषज्ञ सेवा संचालनका लागि अन्य अस्पतालहरुसंग समन्वय र प्रयास गरिने बताइन् । प्रमुख दाहालले विशेषज्ञ चिकित्सका लागि केन्द्रीय सरकारले दरबन्दी उपलब्ध नगराएसम्म आफ्नै आन्तरिक स्रोतबाट भए पनि विशेषज्ञ चिकित्सक राख्ने तयारी गरिने बताइन् ।

    महानगर उप–प्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.