जेरुसेलम, १० साउन । इजरायली सेनाले गाजापट्टीमा बन्धक बनाइएका पाँचजनाको शव बिहीबार फेला पारेको बताएको छ ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजापट्टीमा बन्धक बनाइएका उनीहरूको शव फेला पारेको बताइएको हो ।
सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।
गाजापट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।