सौर्यको विमान दुर्घटनाः मानिसहरू भित्रै, आगो निभाएर रेस्क्युको प्रयास जारी
न्युजभित्तो/९ श्रावण २०८१, बुधबार १२:२६
काठमाडौं, ९ साउन । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार बिहान उडानका क्रममा दुर्घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
उनका अनुसार मानिसहरू विमानभित्रै छन् । उनीहरूको उद्धारसँगै विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । धुवाँको मुस्लो निकै माथिसम्म पुगेको देखिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।