सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लगातार सातौँ पटक बजेट पेस गर्ने कीर्तिमान बनाउँदै भारतीय अर्थमन्त्री सीतारमण


  •    न्युजभित्तो/८ श्रावण २०८१, मंगलवार १२:०९ 
  • नयाँ दिल्ली, ८ साउन । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार आगामी आवको बजेट पेस गर्न लागेकी छिन् । योसँगै सीतारमणले लगातार सातौँ पटक बजेट प्रस्तुत गर्न लागेकी हुन् । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ । बजेट आयकर संरचनामा परिवर्तन र भारतको विदेश व्यापारमा सुधारमा केन्द्रित हुने सम्भावना रहेको बताइएको छ ।

    यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौँ बजेट हुनेछ । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो अर्थमन्त्री बन्नेछिन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो । उनले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए । अर्थमन्त्री निर्मला सीतारमणले जुलाई २३ मा बिहान ११ बजे संसदमा २०२४ को आम बजेट प्रस्तुत गर्नेछिन् ।

    ६० वर्षपछि लगातार तेस्रो पटक कुनै पार्टी सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए । उनले यसलाई अमृतकलको महत्त्वपूर्ण बजेट पनि बताए । यो बजेटले सन् २०४७ मा विकसित भारतको सपनाको जग बसाल्ने उनले भनेका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.