सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिमलताल दुर्घटनाः आजदेखि भारतीय प्राविधिक टोलीले बेपत्ता बस र यात्रुको खोजी थाल्दै


  •    न्युजभित्तो/६ श्रावण २०८१, आईतवार १२:२५ 
  • काठमाडौँ, ६ साउन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा सबै यात्रुको अवस्था पत्ता नलाग्दा हराएका व्यक्तिका आफन्त निराश बन्न थालेका छन् । यस अवस्थामा भारतबाट आएको प्राविधिक तथा नेपाली गोताखोरसहितको संयुक्त टोलीले आजदेखि नयाँ रणनीतिसाथ खोजी थाल्ने भएको छ । भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेलगत्तै राणनीति बनाएको गृहमन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालले जानकारी दिए ।

    उनका अनुसार नेपालको भूगोल र नदीनालाको अवस्थिति फरक भएकै कारण त्रिशूलीमा डुबेका बस यात्रु नभेटिएको इतिहास रहेको छ । दुर्घटना भएको बसमा भारतीय नागरिकसमेत सवार रहेको अभिलेख पाइएको हुनाले भारत सरकारले चासोसाथ खोजी गर्न टोली पठाएको हो । अहिलेसम्म सात जना भारतीय नागरिक परेको निश्चित भएको छ । नेपाली गोताखोर अब्बल छन् तर नेपालसँग नभएको उपकरणसहित टोली आएकाले आशा जागेको उनले प्रस्ट पारे ।

    भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको विपत् व्यवस्थापन महाशाखाका प्रमुख भुसालले जानकारी दिए । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

    भुसालका अनुसार बस नभेटिनुमा त्रिशूली नदीको भौगोलिक जटिलता नै हो । त्यसमाथि मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पहिलो दिन नै सकस परेको थियो । जटिल भूगोलसहित त्रिशूली नदी कतै अत्यन्त खोँचयुक्त गहिरो छ भने कतै फराकिलो बालुवा र ढुङ्गाले भरिएको छ । गत असार २८ गते त्रिशूली नदीा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको मात्रै सनाखत भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.