सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धर्म चोकमा फर्फरायो राष्ट्रिय झण्डा


  •    न्युजभित्तो/५ श्रावण २०८१, शनिबार १३:४५ 
  • भरतपुर, ५ साउन । राष्ट्रिय भावना जागृत गराएर वातावरण र संस्कृति संरक्षण गर्ने उद्देश्यले भरतपुर महानगरपालिका वडा नं ४ धर्म चोकमा आज शनिवार राष्ट्रिय झण्डा राख्ने काम सम्पन्न भएको छ ।

    ुहप्ताको एकदिन एकछिन समाजको लागि ु भन्ने मूल नाराका साथ वातावरण संरक्षण लगायत विभिन्न सामाजिक कामहरु गर्दै आएको वे ग्रुप नेपाल , वडा कमिटी भरतपुर ४ को आयोजनामा राष्ट्रपति झण्डा राख्ने काम सम्पन्न भएको छ ।

    राष्ट्रिय झण्डा राख्ने कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४ का कार्यवाहक वडाध्यक्ष ठाकुरप्रसाद सापकोटाले राष्ट्रिय भावना जागृत गर्ने उद्देश्यले धर्म चोकको पवित्र स्थानमा राखिएका नेपाली राष्ट्रिय झण्डाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिँदै राष्ट्रियताको संरक्षण गर्न हरेक नागरिक जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    कार्यक्रममा नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटक प्रवर्द्धक सोम सापकोटाले समाज विकासमा लागिरहेका सामाजिक अभियन्ताहरुले राखेका राष्ट्रिय झण्डाहरुले राष्ट्रको गौरव बढाएर राष्ट्रिय एकतालाई कसिलो बनाउने धारणा राख्दै वे ग्रुपले गर्दै आएको सामाजिक कार्यहरुको प्रशंसा गर्नुभयो ।

    वे ग्रुप नेपालका निवर्तमान अध्यक्ष भोजराज कंडेलले वे ग्रुप नेपाल वडा कमिटी ४ ले गरेका कार्यहरु र आगामी दिनमा गर्ने कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

    वे ग्रुप नेपाल , वडा कमिटी भरतपुर ४ का अध्यक्ष हेम तिवारीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा वे ग्रुप नेपालका अध्यक्ष दिपक गौतम, उपाध्यक्ष विजय सापकोटा, ज्ञान ज्योति पुस्तकालयका अध्यक्ष गोविन्द खरेल लगायतले वे ग्रुपले गरेका सामाजिक कार्यहरुले समाजमा सकारात्मक सन्देश दिएकोले सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.