मेयर साम्पाङका समर्थकले पत्रकार धमलामाथि कुटपिट गरेको आरोपमा ५ जना पक्राउ
न्युजभित्तो/३ श्रावण २०८१, बिहीबार ११:११
विराटनगर, ३ साउन । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो । विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् ।पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
सञ्चारकर्मी धमला उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा जस्ताको तेस्तैः उपचारको लागि अस्पताल पुगेर पालोमा थिए। पछाडिबाट एक्कासि म माथि आक्रमण कुटपिट लछार पछार हॅुदा प्रहरीलाई फोन गर्नु हुने छुट्याउनु हुने सबैप्रति कृतज्ञ छु। म एक योद्धा हॅु म लड्छु । घटनामा संलग्न केहि प्रकाउ परे फरार रहनेहरुलाई चिन्नुहुन्छ भने मलाई सूचना दिएर सहयोग गर्दिनु हुन अनुरोध गर्दछु।
विराटनगर, ३ साउन । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो । विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् ।पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
सञ्चारकर्मी धमला उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा जस्ताको तेस्तैः
उपचारको लागि अस्पताल पुगेर पालोमा थिए। पछाडिबाट एक्कासि म माथि आक्रमण कुटपिट लछार पछार हॅुदा प्रहरीलाई फोन गर्नु हुने छुट्याउनु हुने सबैप्रति कृतज्ञ छु। म एक योद्धा हॅु म लड्छु । घटनामा संलग्न केहि प्रकाउ परे फरार रहनेहरुलाई चिन्नुहुन्छ भने मलाई सूचना दिएर सहयोग गर्दिनु हुन अनुरोध गर्दछु।