सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयर साम्पाङका समर्थकले पत्रकार धमलामाथि कुटपिट गरेको आरोपमा ५ जना पक्राउ


  •    न्युजभित्तो/३ श्रावण २०८१, बिहीबार ११:११ 
  • विराटनगर, ३ साउन । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो । विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् ।पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

    सञ्चारकर्मी धमला उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् ।

    उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा जस्ताको तेस्तैः
    उपचारको लागि अस्पताल पुगेर पालोमा थिए। पछाडिबाट एक्कासि म माथि आक्रमण कुटपिट लछार पछार हॅुदा प्रहरीलाई फोन गर्नु हुने छुट्याउनु हुने सबैप्रति कृतज्ञ छु। म एक योद्धा हॅु म लड्छु । घटनामा संलग्न केहि प्रकाउ परे फरार रहनेहरुलाई चिन्नुहुन्छ भने मलाई सूचना दिएर सहयोग गर्दिनु हुन अनुरोध गर्दछु।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.