सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरमा मोटरसाइकल र अटो ठोक्किदा दुई जना घाइते, एकको अवस्था गम्भिर


  •    न्युजभित्तो/३ श्रावण २०८१, बिहीबार ११:०८ 
  • चितवन, ३ साउन । रत्ननगर नगरपालिका–७ घण्टाघरमा गएराति मोटरसाइकल र अटो आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

    बुधवार राति ११ः४० बजेको समयमा सौराहाबाट चित्रसारीपुलतर्फ आउँदै गरेको ना ५५ प ९६०२ नम्बरको मोटरसाइकल र चित्रसारीपुलबाट चराचोक जाँदै गरेको बगमती प्रदेश ०३–००१ प १५७१ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।

    दुई सवारी आपसमा ठोक्किदा मोटरसाइकल चालक रत्ननगर–८ बस्ने वर्ष २२ को बिशाल ठकुरी सामान्य घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ ।

    अटोमा सवार कालिका नगरपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी कुमाल गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको दाहिने हात र निधारमा चोट लागेको छ । गम्भिर घाइते कुमाललाई उपचारका लागि बकुलहर टाँडी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    (नारायणी अनलाइन बाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.